स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई ल्याइएको छ। डा. झा नारायणी अस्पतालमा थिए।
महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ।
गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख बाल रोग विशेषज्ञ डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।
११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ। प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। कार्डियोलोजिस्ट डा. मनोज कोइरालालाई कोशी अस्पतालमा खटाइएको छ।
मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पठाइएको मन्त्रालयले जाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment