गृहमन्त्री लेखीका पीएसओको मृत्यु
काठमाडौं । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ।
मन्त्री यादवको सुरक्षामा खटिएका असई यादवको सोमबार राति १२ बजेतिर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए।
आइतबार राति ११ बजेतिर अचानक पेट र छाति दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। तर, त्यहाँ ठिक नभएपछि सोमबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोमबार राति १२ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो।
उनी सिरहाको सुखचैना निवासी हुन्र। यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरमा थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment