सडकमा देखिएको भीड ट्रायल हो, फिल्म रिलिज हुँनै बाँकि छ : राप्रपा
काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन्।
उनले भनिन्, ‘एक जना मित्रले भूत देख्नु भएछ। लेलिनको भूत हो कि माओवादीको भूत? उहासँग प्रश्न गर्न चाहान्छु। अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेता जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ। यो त मित्र ट्रायल मात्र हो। अरु जिल्लाका मान्छे थपिए। बाँकी ७३ जिल्लाका मान्छे थपिए भने जुन भीड आउँछ। त्यो देखेर नआँतिनु होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला।’
सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्वराजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन्। उनले भनिन्, ‘सबै जनाको नागरिक अधिकार छ। सबैले आफ्नो कुरा राखन पाउँछन्। २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment