हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिए महर्जन
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिएका छन्।
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका-३ पाँचमानेस्थित शिवपुरी जंगलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए। मृत्युको कारण भने नखुलेको पनि उनले बताए।
यस्तै तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment