बागीको उम्मेदवारी दर्तापछि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको तालाबन्दी
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो।
आधिकारिकरूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टिम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि बागी उम्मेदवार मनोनयन दर्ता गरिएको नेविसंघले आरोप लगाएको छ।
समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले फर्म बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेविसंघले विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेण्टी गर्न पनि अनुरोध गरेको छ। आचारसंहिता विपरितका क्रियाकलापहरुलाई बढावा दिँदै समिती अगाडि बढेमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिती थप आक्रामक गतिविधि बढाउन बाध्य हुने र उत्पन्न भएको असहज परिस्थिती र क्षतिको जिम्मा स्वयम् निर्वाचन समितिले लिनुपर्ने चेतावनी पनि सो संगठनले दिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment