काठमाडौंसहित देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला

डिसी नेपाल
२८ फागुन २०८१ १२:०२
248
Shares

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन्।

दैलेखको नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका-५ सिस्ने टोलमा फर्निचर संचालन गर्दै आएका सोही नगरपालिका-५ खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रबि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मीको मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *