घुससहित मालपोतका दुई कर्मचारी अख्तियार नियन्त्रणमा

डिसी नेपाल
२८ फागुन २०८१ १२:३४
760
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको हो।

उनीहरूले जग्गाको ट्रायल चेकगरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *