अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत, विरोधका सबै सूचना अस्वीकृत
काठमाडौं। सरकारले जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका विभिन्न पाँच विधेयकहरु प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न पाँच विधेयकहरु सदनमा पेश गरिएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसब्बा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गरे
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरे।
त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरेका थिए। प्रतिस्थापन विधेयकमाथि दर्ता भएका विरोधका सूचनाहरुलाई बैठकमा बहुमतले अस्वीकृत गरिएको थियो।







डिसी नेपाल







Facebook Comment