काठमाडौं उपत्यकाका १२० बढी स्थानमा चेकिङ, १२ जना पक्राउ
काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ।
उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ।
यसै क्रममा बालाजु चोक र दरबारमार्गमा पनि प्रहरी कडा नियन्त्रण रहेको छ। होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका १२० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ। ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट मासपे गरि चलाएको सवारी साधन नियन्त्रणमा पनि लिने काम गरिरहेको छ।
यता, अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment