लागूऔषध गाँजासहित महिला पक्राउ

डिसी नेपाल
२९ फागुन २०८१ १५:१२
556
Shares

रौतहट । बारा प्रहरीले १३ किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५० की सुशिला गोलेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय बाराले आज बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो। जितपुरसिमरा उपमहानगर पालिका-३ बजनी विरगञ्ज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधबार खटिएको चेकिङ टोलिले माइक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यलय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटौंडाबाट विरगञ्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नम्बरको यात्रुबाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो।

माईक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुइ पोका गाँजा फेला पारेको उनले जानकारी दिए। लागूऔषध गाँजा सहित पक्राउ परेको महिला नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *