दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

डिसी नेपाल
२९ फागुन २०८१ १७:५८
32
Shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ।

मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा रु. दुई करोड ३१ लख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पुर्‍याएको छ।

पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी.–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए।

दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए। यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ।

विसं२०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *