काठमाडौंमा होलीको दिन २४ जनासहित १४३ सवारी साधन नियन्त्रणमा

डिसी नेपाल
२९ फागुन २०८१ १९:०१
216
Shares

काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ।

मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाएका, स्वरुप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा रहेका सवारी साधन चारपांग्रे ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १४३ वटा रहेका छन्। ती सवारी साधन प्रक्रिया पूरा गरेर बेलुकासम्म सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइने बताइएको छ। त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका २४ जनालाई पनि आजै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *