तराईमा होली हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ।
हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार त्यस क्षेत्रमा होली मनाइएको हो। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ।
रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने होली पर्वको आफ्नै गरिमा छ। होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरूसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए।
भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment