काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । कलंकीमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ रहेको प्रहरीले जनाएको छ। उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।
उनले २९ फागुनको साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेका थिए। उनलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment