मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
जनकपुर। मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।
जनकपुरधामको अनुमान गढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन्। मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य रूपमा अन्तरगृह परिक्रमामा सहभागी हुनुपर्ने चलन रहेकाले अन्तरगृह परिक्रमामा सहभागी भएर घर फर्केको हो।
परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए। परिक्रमाका तीर्थयात्रीहरूले नेपालका एक सय सात र भारतको २६ गरेर एक सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment