राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीको अवस्थाको समीक्षा
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाको समीक्षा गरेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बिहीबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् छन्, जहाँ रोहिंग्या शरणार्थी शिविरहरू छन्।
त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिँदै लेखेका छन्, ‘देश नयाँ परिवर्तनहरूबाट गुज्रिरहेको बेला, सबैका लागि दिगो र उज्ज्वल भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा तपाईं भर पर्न सक्नुहुन्छ।’
विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि, विशेष गरी युएसएडले आफ्नो सञ्चालन बन्द गरेपछि उनको भ्रमणले महत्व राख्ने बताइएको छ।
यसैबीच, बंगलादेशको अन्तरिम सरकारले गुटेरेसको यो भ्रमणले रोहिंग्या शरणार्थीको लागि सहायता संकलन गर्न विश्वभर भइरहेका प्रयासलाई थप सहयोग मिल्ने र उनीहरूको समस्यातर्फ विश्वको ध्यान आकर्षित गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment