मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु
धनगढी । धनगढीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीमा डुबेका उनीहरूको शव मृत अवस्थामा निकालिएको थियो। उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन्।
घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन्। दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment