बैतडीमा एक पुरुषको शव फेला
बैतडी । बैतडीमा एक बेवारिसे शव फेला परेको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडक छेउमा शनिवार बिहान ८ बजेतिर शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको र शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment