रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

डिसी नेपाल
३ चैत २०८१ १२:५९
120
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। रास्वपाले आज दिउँसो ४ बजे केन्द्रिय सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

आजको बैठकमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिको विषयमा छलफल हुने छ भने पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल हुने झाले जानकारी दिएका छन्।

त्यस्तै बैठकमा केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव तथा पार्टीका नियमित गतिविधि बारे छलफल हुने कार्यसुची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *