काठमाडौं र कैलालीमा गरी दुई जनाको शव फेला

डिसी नेपाल
३ चैत २०८१ १८:५७
168
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार आइतबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *