रघुजी पन्तले ज्ञानेन्द्र शाहीको मानहानि गरेको राप्रपाको आरोप

डिसी नेपाल
४ चैत २०८१ ११:५७
440
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले एमाले सांसद रघुजी पन्तले सांसद ज्ञानेन्द्र शाहीको मानहानि गरेको भन्दै सचेत गराउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले जुम्लाबाट जनताले चूनेर पठाएका सांसद शाहीमाथि अपशव्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउन माग गरे। संसदको आइतबारको बैठकमा सांसद पन्तले राजसंस्थाका बारेमा झुटो इतिहास सुनाएको उनले बताए।

त्यस्तै सांसद सिंहले आर्थिक बिकासका लागि भन्दै यौन व्यवसायलाई व्यवसायीकरण गर्ने कांग्रेस सांसद श्याम घिमिरेको प्रस्तावप्रति पनि आपत्ति जनाए। आइतबार बसेको संसद बैठकमा सांसद घिमिरेले यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *