स्ववियु निर्वाचन सम्पन्न

डिसी नेपाल
५ चैत २०८१ १९:१६
344
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिए। उनका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन्। यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन्।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए।

उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो। त्रिविले प्रत्येक दुई/दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *