ल्होसारमा अमेरिकामा ३ जना सम्मानित

डिसी नेपाल
६ चैत २०८१ ११:०९
276
Shares

नर्थ क्यारोलिना/अमेरिका। नर्थक्यारोलिनामा शुरुदेखिन ल्होसार मनाउनमा विशेष भूमिका खेल्ने पत्रकार, यहाँका चर्तित रियल्टर जितमान बस्नेत, समाजसेवी तथा संस्कृतिकर्मी कर्मा शेर्पा गोले र रेष्टुरेष्ट ब्यवसायी तथा चलचित्र निर्माता डिन्डु लामा ह्योल्मोलाई एक भव्य समारोहबीच सम्मान गरिएको थियो।

हिमालयन कम्युनिटी नर्थ नर्थक्यारोलिनाले प्रदान गरेको सो सम्मान कार्यक्रममा कार्यक्रम संयोजक आङछिरिङ शेर्पाले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने जेष्ठ नागारिक ल्हाकबुरि शेर्पाले खादा लगाई दिएकी थिइन्।सम्मानित तीनै जना नर्थ क्यारोलिनाका आआफ्नो विधामा चर्चित छन्।

हिमाली समुदायका विभिन्न जातजाति र समूहले आयोजना गर्ने फरक फरक सोनाम ल्होसार, ग्याल्बो ल्होसार, तमु लोसार जस्ता पर्वलाई एकत्रित गरि संयुक्त रुपमा ल्होसार मनाइएको थियो। कार्यक्रममा नर्थ केरोलाइनाको राजधानी राले र यसका आसपासरमा रहेका बौद्धमार्गी तथा अन्य नेपाली समुदायको वृहत सहभागीता रहेको थियो।

अमेरिकाको नर्थक्यारोलिनाको रालेमा बसोबास गर्ने हिमाली समुदायका विभिन्न जातजाती र समूहले आयोजना गरेको ल्होसार कार्यक्रममा प्रवासमा ल्होसार मनाउन महत्वपुर्ण भुमिका खेल्ने ३ जनालाई एक समारोह बीच सम्मान गरेको छ ।

नर्थ क्यारोलिनाको राजधानी राले नजिकैको केरिस्थित हिमालयन ग्रिल एक बार नामक रेष्टुरेन्ट तथा इभेन्ट सेन्टर मा गत मार्च १५मा सम्पन्न यो ल्होसार नर्थक्यारोलिनामा ल्होसार मनाउन थालेको चौथो पटक हो। कार्यक्रममा सम्मानित कर्मा शेर्पा गोले भन्छन्, ‘निकै ठूलो मेहनतका साथ हामी निरन्तर प्रवासी भूमिका पनि आफ्नो संकृतिलाई ठूलो समुदायमाझ सगर्व मनाइरहेका छौं।’

कार्यक्रममा नर्थक्यारोलिनाको ग्रिन्सबोरो, राली आसपासको विभिन्न स्थानबाट विभिन्न समुदायको नेपालीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा संयोजक शेर्पाले भन्छन्, ‘प्रवासमा हाम्रा भावी पुस्ता माझ नेपालको मौलिक चाडपर्व र कला संस्कृतिको जर्गेनाको लागी ल्होसार मनाउँदै आएका हौं।’

सम्मानीत डिन्डु लामा ह्योल्मोले नेपाल बाहिर हामी नेपाली एक ठाउमा बसेर ल्होसार मनाउन पाउनु गर्वको कुरा रहेको बताए। नर्थ क्यारोलिनको पर्यटकीय क्षेत्र हाइल्याण्डमा रेष्टुरेष्ट ब्यवसायमा संलग्न रहँदै आएका उनले भने, ‘कार्यक्रमले गर्वको अनुभुति गरायो।’

संचारकर्मी तथा समाजसेवी ङिमा पाख्रिनद्धारा सञ्चालित कार्यक्रममा नेपालबाट आएकी गायिका निर्मला घिसिङको गीत र लसएन्जलसबाट आएका कोरियोग्राफर खेम गुरुङको नृत्यले सवैलाई मनोरञ्जन दिलायो। उनीहरुको साथमा स्थानीय कलाकारहरु दिपक दवाडी, शिसिर पौडेल, तेन्जिङ लामा र निरन्जन अर्यालले गीत गाएका थिए भने सरिता राउत बस्नेत, दिपसन तामाङ, निकेश बस्नेत, मोनिका चौलागाई, मिना रिजाल र अनुजा कार्कीको नृत्यले सवैलाई मनोरञ्जन दिएको थियो।

ल्होसार कुनै जात जातिमा मात्र सिमित नराखी सबैको उपस्थिति रहोस भन्ने उद्देश्यले खुल्ला गरिएको सास्कृतिक कार्यक्रमका संयोजक सोनाम मोक्तानले बताए। ‘सबै भाषा, धर्म र सँस्कारको सम्मान गर्ने र चाडबाड साझा रुपमा मनाउने नेपालीको बिशेषता हो’ उनले भने।

पछिल्ला वर्षहरुमा नर्थ क्यारोलाइना राजधानी राले आसपासका केरी, मोरिसभिल, एपेक्स, होलि स्प्रिङ, फ्युके भरिना, गार्नर, वेक फरेस्ट, डुरम, जेवुलन, वेन्डल, नाइट्डेल, न्यु हिल, एन्जिअर, स्यानफोर्ड, न्युहिल, क्लेटन, जेवुलीयन लगायतमा नेपालीको बस्ती बढ्दो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *