धैर्यता र सहनशीलताको सीमा पार नगर्न पूर्वराजालाई निधिको चेतावनी

डिसी नेपाल
६ चैत २०८१ १३:२६
136
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै निधिले पूर्वराजालाई जनताले सम्मान दिएको भन्दै जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका छन्।

गणतन्त्रको जग बलियो भएकाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उनले बताए। उनले गणतन्त्रीक व्यवस्थाको रक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारे। निधिले देशको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए।

त्यस्तै उनले संघीयताको सफल कार्यान्वयनका लागि सातवटै प्रदेशलाई आफ्नै प्रहरी संगठन र कर्मचारी बनाउने अधिकार दिनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *