समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान राम्रो छः देउवा

डिसी नेपाल
६ चैत २०८१ १६:०७
56
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका छन्।

नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका हुन्।

उनले अहिलको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे। पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा अहिलको कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ।

त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागिता हुने मौका मिलेको बताए।कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *