राजसंस्था पुर्नवाहालीको आन्दोलनलाई शाही युवा शक्तिले थप सशक्त बनाउने
काठमाडौं । राजधानीमा आयोजित बैठकबाट शाही युवा शक्तिले राजसंस्था पुर्नवाहालीको आन्दोलनलाई निरन्तरता दिँदै थप सशक्त बनाउने निर्णय गरेको छ।
संगठनका अध्यक्ष पशुपती खडकाले आफूहरू विगत १४ वर्षदेखि निरन्तर राजसंस्था पुर्नवाहालीको आन्दोलनमा लागिरहेको तथा अहिले निर्णायक क्षण आएकाले सम्पूर्ण राजावादी र राष्ट्रवादीहरूलाई साथमा लिएर सडकमा उत्रने बताए।
सार्वजनिक निर्णय अनुसार आगामी चैत्र ९ गते शनिबार सामाखुसी चोकदेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्यालीसहितको जुलुस निकालिने छ।
यस्तै, आगामी चैत्र १५ गते दुर्गा प्रसाईंले राखेको कार्यक्रमलाई सहयोग गर्ने, चैत्र २१ गते शाही युवा शक्ति नेपालको १४औं स्थापना दिवस मनाउने (जसमा सम्पूर्ण राष्ट्रवादीलाई बोलाई चियापान कार्ययम गर्ने) निर्णय बैठकले गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment