वनमा डढेलो लगाउने व्यक्ति पक्राउ

डिसी नेपाल
६ चैत २०८१ १८:०३
1.5k
Shares

रामेछाप । रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

गत सोमबार गते साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय हरिबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेको अनुसार मगरलाई अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको छ। सो कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्लाका सामुदायिक वनमा आगो लगाउने क्रम सुरु भएपछि प्रहरीले निगरानी बढाएको छ। सोही क्रममा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरू माथि पनि अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *