माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुँदैनः सञ्चारमन्त्री

डिसी नेपाल
६ चैत २०८१ २०:१५
424
Shares

काठमाडौं। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका छन्। माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए। उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्डबाजीमात्रै भएको जिकिर गरे।

उनले राजावादीको चूनौती महशुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए। उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सवै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available.