नवराज सुबेदीको नेतृत्वमा आन्दोलन चलाउन कमल थापाको प्रस्ताव

डिसी नेपाल
७ चैत २०८१ ९:२०
1.9k
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् ।

गत साता भएको राजावादीको प्रदर्शनमा उल्लेखीय उपस्थिति भएपछि उत्साहित राजावादीहरूले आ आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने कुरा गरिरहेको बेला थापाले भने राजावादीहरू एक ठाउँमा आउने पर्नेमा जोड दिएका हुन् ।

उनले पुर्व पञ्चायत प्रमुख नवराज सुबेदीको नेतृत्वमा गोलबन्द हुनु पर्नेमा पनि जोड गरेका छन् । ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन’ समिति गठन भएको छ,’ उनले भनेको छ, ‘अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ, एकजुट भई निर्णायक आन्दोलन गरौँ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *