स्ववियु निर्वाचन परिणामले माओवादी उत्साहित: प्रचण्ड भन्छन्, ‘सत्ता गठबन्धनलाई पनि हरायौं’

डिसी नेपाल
७ चैत २०८१ ९:२८
2.4k
Shares

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्वियुको हाराहारीमा मत परिणाम आएपछि माओवादी केन्द्र उत्साहित भएको हो ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।’ अध्यक्ष प्रचण्डले विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *