प्रधानमन्त्रीसँग प्रश्नोत्तर हटाउन प्रभु साहको माग, नहटाए बहिस्कार गर्ने चेतावनी

डिसी नेपाल
७ चैत २०८१ १२:३९
812
Shares

काठमाडौं । नेपाल आदम पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसुचीवाट हटाउन माग गरेका छन् ।

अघिल्लो पटक साहको जवाफ नदिए पछि आक्रोशित हुदैँ आएका साहले सो प्रश्नोतर कार्यक्रम कार्यसुचीवाट नहटाए बहिस्कार गर्ने पनि उनले जनाएका छन् ।

‘आजको कार्यसूचीमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भनेर सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ बिहिवारको आकस्मिक समयमा बोल्दै साहले भने, ‘मैले सोधेको जवाफ प्रधानमन्त्रीले दिनु भएन। यसप्रति प्रधानमन्त्री जवाफदायी हुनुपर्छ। यो कार्यक्रम सूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिस्कार गर्छु।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *