जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ
काठमाडौं । टोखाबाट १९ जना जुवाडे पक्राउ परेका छन्।
टोखा नगरपालिका–३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुकतास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment