देशमा पटक्कै सुशासन छैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘आजको दिन पनि हामी सरकारमा छौं। नेपाली कांग्रेस सरकारमा छ। नेपाली कांग्रेस र एमाले सरकारमा नै छौं। हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो। भन्न त नहुने, सुशासन पटक्कै छैन भने पनि हुन्छ।’
उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए। उनले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको समेत बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment