कीर्तिपुरमा क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको चासो

डिसी नेपाल
७ चैत २०८१ १७:२०
64
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर निर्माण कार्य निरीक्षण गरेका छन्।

वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम सक्ने विश्वास पनि सो क्रममा उनले व्यक्त गरे।

सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ।

प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका उपप्रधानमन्त्री सिंहले काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताए। निर्माण कार्य समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहले निर्माण कार्यमा चासो राखिरहेका छन्।

‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ। समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने। फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *