विश्वकप छनोटको तयारीः नेपालले भारतको प्रान्तीय टिमसँग खेल्ने
काठमाडौं। आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। उनका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ।
पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ। त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ। यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौंमा हुने तय भएको प्रवक्ता लामाले बताए। उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment