आइपीएल आजबाट सुरु हुँदै, उदघाटन खेल कोलकोत्तामा

डिसी नेपाल
९ चैत २०८१ १०:५१
568
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) शनिबारबाट सुरु हुँदै छ।

आजबाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच पहिलो प्रतिस्पर्धा हुनेछ।

शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बीचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *