कोशी १३१ रनको फराकिलो अन्तरले बागमतीसँग पराजित

डिसी नेपाल
९ चैत २०८१ १७:०२
68
Shares

काठमाडौं । बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।

प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो।

दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन बिबश भएको हो।  त्यस अघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो।

बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए।

जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ। कोशी समान खेलबाट २ अंकका साथ पुछारमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *