प्रसिद्ध बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन

डिसी नेपाल
१० चैत २०८१ १०:५७
124
Shares

काठमाडौं । हेभीवेटका दिग्गज बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले यो खबरको पुष्टि गरेको छ। बक्सिङ रिङ भित्र फोरम्यानलाई बिग जर्ज भनेर चिनिन्थ्यो।

उनले १९६० को दशकमा आफ्नो बक्सिङ करियर सुरु गरे, ओलम्पिक स्वर्ण पदक र दुई पटकको विश्व हेभीवेट च्याम्पियनशिप सहित धेरै उपाधि बेल्ट जिते।

उनको पहिलो व्यावसायिक हार १९७४ मा भएको ऐतिहासिक लडाईमा अर्का महान बक्सर मुहम्मद अलीसँग भएको थियो।

उनको परिवारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ: ‘हाम्रो मन भाँचिएको छ। उनले आफ्नो जीवन अटल विश्वास, नम्रता र उद्देश्यले भरिपूर्ण रूपमा बिताए।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *