जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

डिसी नेपाल
१० चैत २०८१ १६:५८
424
Shares

नुवाकोट । शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन्।

सोही स्थानका  ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *