नागढुङ्गामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

डिसी नेपाल
१० चैत २०८१ २१:३७
1.2k
Shares

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन्।

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *