इटाली क्वार्टरफाइनलबाटै बाहिरियो
काठमाडौं। इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ। दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली बाहिरिनु परेको हो।
पहिलो लेगमै टोली जर्मनीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो। आइतबार भएको खेलपछि समग्रमा इटाली ५–४ ले पछि परेको थियो। जर्मनीको सिंगल इदुना पार्कमा ६५ हजार समर्थकमाझ घरेलु टिमले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। जर्मनीको लागि जोसुआ किमिच, जमल मुसियला र टिम क्लेइन्डेन्सटले गोल गरेका हुन्।
दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो। मोइस केनले दुई गोल गरे। जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काए पनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment