नदीमा डुबेर १५ वर्षीया किशोरीको मृत्यु

डिसी नेपाल
१३ चैत २०८१ १७:१७
56
Shares

धनगढी । कैलालीको गोदावरीमा पानीमा डुबी एक किशोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–३ गोदावरी नदिमा सोही ठाउँ बस्ने राम बहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी पूजा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथीहरूसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन्। घाइते पुजालाई स्थानीयले उद्धार गरी मालाखेती अस्पताल पुर्‍याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *