तीनकुनेमा भएको झडपमा एक जनाको मृत्यु
काठमाडौं। तीनकुनेमा राजावादीहरूको आन्दोलन हिंस्रक बनेपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंको कीर्तिपुर बस्ने २९ वर्षीय सबिन महर्जन रहेका गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।
उनी अस्पताल पुर्याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment