गृहमन्त्रीले गरे एभिन्यूज कार्यालय अवलोकन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एभिन्यूजको कार्यालय अवलोकन गरेका छन्।
शनिबार चैत्र १५ गते शुक्रबार आगजनी र तोडफोड भएका स्थलको अवलोकन गर्ने क्रममा उनी एभिन्यूजको कार्यालय पनि पुगेका हुन्।
१५ गते प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। सो घटनापश्चात पत्रकारिता क्षेत्रका सबै संघ संस्थाको ध्यान यसमा केन्द्रीत भएको छ।
गृहमन्त्रीले पनि यस घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनामा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताएका छन्।
यस्तैगरि, एभिन्यूज टेलिभिजनले विज्ञाप्ती जारी गर्दै घटनाको लागि उच्चस्तरीय समिति गठन गरि तीन दिनभित्र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment