दीपक बोहोराका पार्थिव शरीर भैरहवा लगिने
काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा लगिने भएको छ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिन लागिएको हो।
चार्टड हेलिकप्टर मार्फत दिउँसो २ बजे पछि उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा लगिने भएको छ। शवको अन्त्येष्टि कुन घाटमा गर्ने भन्ने विषयमा अझै पारिवारिक छलफलमा रहेको राप्रपाका नेताहरूले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment