बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य हुने

डिसी नेपाल
२० चैत २०८१ ९:२४
16
Shares

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य हुने भएकाे छ ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको जानकारी दिए।

प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिशमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *