संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली हो : जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली भएको बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसमा आ–आफ्नो विचार राख्न, सभा सङ्गठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकार सबैका लागि समान हुने भन्दै यस प्रणालीमा सबै वादी अट्ने कुरा बताएका हुन्।
‘विगत तीन दशकदेखिको कांग्रेस र कम्युनिष्टहरुको शासनले जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास, समृद्धिका लागि कार्य गर्न सकेन। जसबाट उत्पन्न भएको नैराश्यता र आक्रोशको अवस्थालाई उपयोग गरी प्रतिक्रान्तिकारी तथा प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई नै समाप्त पार्ने षड्यन्त्र गर्न लागेको देखियो,’ बस्नेतले भने।
जनआन्दोलन, जनसङ्घर्ष र जनविद्रोहको माध्यमबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीका लागि सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment