शिक्षकहरूको दोस्रो दिनको प्रदर्शन जारी

डिसी नेपाल
२१ चैत २०८१ १४:३८
120
Shares

काठमाडौं । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढिरहेको छ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन्।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिन भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। महासंघले आफ्ना माग पूरा नभए शिक्षक विद्यालय नफर्कने चेतावनी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *