कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो

डिसी नेपाल
२१ चैत २०८१ १६:२३
1.7k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ।

मंगलबार हेर्दाहेदैमा राखिएकोमा आज सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो। तीन दिन चलेको सनुवाइ आजबाट सकिएको र दुवै रिटमा आजै आदेश आउने बताइएको छ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

शाक्यले पनि चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *