सुनको मूल्यमा भारी गिरावट

डिसी नेपाल
२२ चैत २०८१ ११:२३
1.6k
Shares

काठमाडौं। सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ। बिहीबार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ। बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *